२८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरुले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २५ रनले पराजित गरेको छ।
रनको वर्षा भएको खेलमा हैदराबादले इतिहासको सर्वाधिक योगफल बनाएर आफ्नै कीर्तिमान सुधारेको छ। जारी सिजनमा नै मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाएको हैदराबादले सोमबार राति बेंगलुरुविरुद्ध २८७ रन बनाउन सफल भयो।
२८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरुले ७ विकेट गुमाएर २६२ रन बनायो। बेंगलुरुका दीनेश कार्तिकले ३५ बलमा ८३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। कप्तान फाप डु प्लेसिसले ६२, विराट कोहलीले ४२ र अनुज रावतले २५ बनाए।

हैदराबादका प्याट कमिन्सले तीन, म्यांक मार्कान्डेले २ तथा टि–नटराजनले १ विकेट लिए।
त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्ता पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो।
हैदराबादका ट्रभिस हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको शतकीय इनिङ्स खेले। हेनरिक क्लासेनले ६७ तथा अभिषेक शर्माले ३४ रन बनाए।
एडेन माक्ररम ३२ तथा अब्दुल सामद ३७ रनमा नटआउट रहे। बेंगलुरुका लोकी फर्गुसनले २ तथा रिस टोप्लीले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
