चेल्सीको जितमा कोल पाल्मरको ४ गोल गरे। उनले पहिलो हाफको २९ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६–० ले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा चेल्सीले कोल पाल्मरको ४ गोलको मद्दतमा फराकिलो जित दर्ता गरेको हो। २१ वर्षीय मिडफिल्डरले पहिलो हाफको २९ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए। उनले थप एक गोल दोस्रो हाफमा पेनाल्टीमार्फत गरे।

यससँगै पाल्मर यस लिगको जारी सिजनमा आफ्नो गोल संख्या २० पुर्याउँदै गोल्डेन बुटको दौडमा म्यान्चेस्टर सिटीका एर्लिङ हालान्डसँग बराबरीमा पुगेका छन्।
यस्तै, चेल्सीका लागि थप दुई गोल निकोलस ज्याक्सन र एलिफ गिलक्रिस्टले गरे। यससँगै चेल्सी ३१ खेलमा ४७ अंकसहित नवौँ स्थानमा उक्लिएको छ। ३२ खेलमा २७ अंक रहेको एभर्टन भने १६औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
