खेलको ६०औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका एम्बाप्पेले फेरि ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।
स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै पीएसजी अन्तिम चारमा प्रवेश गरेको हो।
पहिलो लेग ३-२ ले पराजित भएको पीएसजी दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो। खेलको १२औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो।तर २९औँ मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो रातो कार्ड पाएर मैदानबाट बाहिरिए। त्यसपछि बार्सिलोना १० जनामा समेटियो।
खेलको ४०औँ मिनेटमा पीएसजीका पूर्व बार्सिलोना खेलाडी उसमान डेम्बेलेले गोल गर्दै समग्रमा बार्सिलोनाको अग्रता दुई गोलबाट एक गोलमा घटाए। फेरि ५४औँ मिनेटमा भिटिन्हाले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।
६०औँ मिनेटमा पाएको पेनाल्टीमा किलियन एम्बाप्पेले गोल गरे। फेरि ८९औँ मिनेटमा एम्बाप्पेले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे। यो जितसँगै सेमिफाइनल प्रवेश गरेको पीएसजी फाइनल प्रवेशका लागि बोरुसिया डर्टमुन्डसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
