एसीसी प्रिमियर कपअन्तर्गत बुधबार जारी खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौँ– एसीसी प्रिमियर कपअन्तर्गत बुधबार जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट ८ ओभरमा झारिएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको छ।
साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करन केसी र अभिनाश बोहोराले २/२ विकेट लिए। प्रतीस जिसी र ललित राजवंशीका नाममा १/१ विकेट रह्यो।
समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेका तीन वटै खेलमा जित हात पारेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
