नेपालले बुधबारको खेलमा साउदी अरेबियालाई पराजित गर्दै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ।
काठमाडौँ– नेपालले साउदी अरेबियालाई पराजित गर्दै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ।
ओमानमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो।
योसँगै समूह ‘ए’मा रहेको नेपालले चार वटै खेलमा जित हासिल गर्दै सेमिफाइनलका खेलका लागि प्रशस्त आत्मविश्वास बटुलेको छ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।
वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा ७५ रन बनायो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ३२ रन बनाए। १९ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे।
त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ९ बलमा ३ चौकाको मद्दतमा १७ रन बनाए। कप्तान रोहित पौडलले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाए।
साउदी अरेबियाका लागि इस्तिक अहमदले २ विकेट लिए भने उसमान नाजीव र वाजी उल हसनका नाममा १/१ विकेट रह्यो
यसअघि ओमानको अल अमेरत खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो।
साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। उनले १६ बल खेल्ने क्रममा ३ छक्का र ३ चौका प्रहार गरे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करण केसी र अभिनाश बोहराले २/२ विकेट लिए। प्रतीस जिसी र ललित राजवंशीका नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
