दीपेन्द्रसिंह ऐरी आईसीसी टी२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन्। त्यसैगरी ब्याटिङतर्फको विश्व वरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्।
ऐरी हाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले उक्त प्रतियोगिताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
ब्याट्सम्यानको नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन्। त्यस्तै, कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
