नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेल यूएईसँग खेल्ने भएको छ।
काठमाडौँ– नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेल यूएईसँग खेल्ने भएको छ। ओमानमा जारी प्रतियोगिताको अर्को सेमिफाइनल ओमान र हङकङबीच हुने भएको छ। सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन्।
नेपाल एसीसी प्रिमियर कपको साबिक विजेता हो। अघिल्लो पटक नेपालले घरेलु मैदानमा यूएईलाई नै पराजित गरी उपाधि जित्दै एशिया कपमा छनोट भएको थियो।
जारी प्रतियोगितामा नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले बुधबारको खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले पराजित गरेको थियो।
यूएई समूह चरणका चार खेलमध्ये तीनमा जित र एकमा पराजित भएको थियो। यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले पराजित गरेको थियो भने ओमानसँग यूएई ९ विकेट हार बेहोरेको थियो।
सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्। फाइनल खेल भने आइतबार हुने छ। विजेताले टोलीले टी२० एशिया कप खेल्ने छ। शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्ने पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
