बुधबार राति क्वार्टरफाइनलको दोस्रो लेगमा घरेलु टोली सिटीलाई पेनाल्टी सुटाउटमा पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो।
एजेन्सी – साबिक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
बुधबार राति क्वार्टरफाइनलको दोस्रो लेगमा घरेलु टोली सिटीलाई पेनाल्टीमा ३–४ ले पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो।
इतिहाद स्टेडियममा रियलको जितमा गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेका थिए। त्यसअघि निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो।
१२औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए। केभिन डि ब्रुएनाले ७६औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा सकिएको थियो।
पहिलो लेगमा दुवै टोलीले ३–३ को बराबरी खेलेका थिए। समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो ।

यस्तै, जर्मन क्लब बायर्न म्युनिख पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति नै भएको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनललाई १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित बार्यन अन्तिम चारमा पुगेको हो। पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो।
बार्यनका लागि जोसुवा किमिचले ६३औँ मिनेटमा निर्णायक गोल गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
