घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
कास्की– पोखरामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा आठ जना चिनियाँ पर्यटक घाइते भएका छन्।
पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र जिप गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए।
ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको जिप र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन्।
घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
दुर्घटनाका कारण एक पसलमासमेत क्षति पुगेको छ। प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
