शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्।
काठमाडौँ– हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जवाफमा प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यसका निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको उल्लेख गरे।
गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ।
त्यसपछि इजरायलले गाजापट्टीमा जारी राखेको सैन्य कारबाहीमा २२ हजारभन्दा धेरैको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
