रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने अन्य बिरामीको उपचार प्रभावित बनेको छ।
विराटनगर– कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई रगत अभाव भएको छ। तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन्।
केही समययता कोशी प्रदेशभरकै अस्पताल र ब्लड बैंकमा रगतको अभाव भएको हो। सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए।
उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने अन्य बिरामी मर्कामा परेका छन्। “स्वास्थ्य संस्थामा रगत आवश्यक पर्ने बिरामीको चाप बढ्दो छ। माग अत्यधिक छ,” यादवले भने, “तर आपूर्तिलाई सहज बनाउन सकिएन। सबैतिर अभाव छ।”
रगतकै कारण बिरामीले सहज उपचार पाउन नसक्ने अवस्था भएको छ। रगतको संकट टार्न रक्तदानको नियमित व्यवस्थासमेत छैन। यादवका अनुसार वैशाख लागेपछि संस्थागत हिसाबले रक्तदान हुन नसक्दा रगत संकलनमा कमी भएको हो।
बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट रगतको व्यवस्था गर्नुपर्ने अवस्था छ। प्रदेशमा दैनिक करिब २०० पिन्ट रगतको माग रहेको र आपूर्ति भने ५० प्रतिशत पनि हुन सकेको छैन। । ३०० जति संघ संस्थाले वार्षिक कार्यक्रम बनाएर रक्तदान कार्यक्रम गर्ने गरेका छन्। “कोशी प्रदेशमा १० वटा ब्लड बैंक छन्,” यादवले भने, “सबैमा अभाव छ। उपायको खोजी भइरहेको छ।”
कोशी प्रदेशका स्वास्थ्य संस्थामा कोशीसहित मधेश प्रदेश र भारतबाट पनि बिरामी आउँछन्। रगतका लागि बिरामीले सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ। “रगत चाहियो भनेर धेरै फोन आउने गरेको छ,” सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल भन्छन्, “मिल्दोजुल्दो समूहको रगत भएकालाई तत्काल बिरामीका आफन्तको सम्पर्कमा पठाएर उपलब्ध गराउने गरिएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
