एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
काठमाडौँ– एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ। ओमानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको हो। योसँगै नेपालले इमर्जिङ टिम्स एशिया कप खेल्ने अवसर पनि गुमाएको छ।
समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको डिफेन्डिङ च्याम्पियान नेपालले पछिल्ला दुवै खेलमा पराजय बेहोरेको हो। नेपाल सेमिफाइनलको पहिलो खेलमा यूएईसँग पराजित भएको थियो।
नेपालले दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। नेपालले समूह चरणको खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।
शनिबारको खेलमा हङकङका लागि अन्श्या रथले अर्धशतकीय इनिङ्स खेले। उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए। त्यस्तै बाबर ह्यातले २६ रन बनाउँदा ईयाज खानले १२ तथा नस्रुला रानाले ११ रन बनाए।
बलिङतर्फ नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले २ विकेट।
त्यसअघि ओमानको अल अमेरतको मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको थियो। जसक्रममा उसले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाउन सक्यो।
नेपाल शुरूआत नै खराब रह्यो। नेपालले दोस्रो बलमै ओपनर ब्याटर कुशल भुर्तेललाई गुमायो। उनी शून्यमा आउट भए।
त्यसपछि आएका सोमपाल कामीले १२ रन जोड्ने क्रममा ७ बलको सामना गर्दै २ चौका प्रहार गरे।
नेपालका लागि शनिबारको खेलमा सर्वाधिक स्कोर ४४ रन दीपेन्द्र सिंह ऐरीको नाममा रह्यो। उनले २९ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गर्न सके।
कप्तान रोहित पौडेलले २१ रन बनाए भने सन्दीप जोराले २२ र कुशल मल्लले १३ रन बनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
