चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

म्यानचेस्टर सिटीले उपाधिका लागि आइतबार हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्रीबीचको विजेतासँग खेल्नेछ।

काठमाडौँ– साबिक विजेता म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सिटी शनिबार राति चेल्सीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

वेम्बली स्टेडियम लन्डनमा सिटीलाई जिताउन खेलको ८४औँ मिनेटमा बर्नार्डो सिल्भाले निर्णायक गोल गरे।

अब सिटीले उपाधिका लागि आइतबार हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग खेल्नेछ।

सिटीले युनाइटेडलाई २–१ ले हराउँदै गत संस्करणको उपाधि जितेको थियो।