मध्य अफ्रिकी गणतन्त्रमा डुंगा डुब्दा ५८ जनाको मृत्यु

नागरिक सुरक्षा विभागका प्रमुख थोमस जिमासेका अनुसार डुंगामा ३०० भन्दा बढी मानिस सवार थिए। पानीमा बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको बताइएको छ।

मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईस्थित मपोको नदीमा डुंगा डुब्दा कम्तीमा ५८ जनाको मृत्यु भएको छ। 

शनिबार एक गाउँका प्रमुखको अन्त्येष्टिका लागि गएका मानिसहरू चढेको डुंगा नदीमा पल्टिएको थियो । नागरिक सुरक्षा विभागका प्रमुख थोमस जिमासेका अनुसार डुंगामा ३०० भन्दा बढी मानिस सवार थिए।

“पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ,” उनले भने, “हामीलाई पानीमुनि रहेका मानिसको कुल संख्या थाहा छैन।”

पानीमा बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।