यस्तै, हिजो राति नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित हात पारेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ। पन्जाब किंग्सलाई तीन विकेटले हराउँदै टाइटन्स छैटौँ स्थानमा उक्लिएको हो।
पन्जाबले दिएको १४३ रनको लक्ष्य पक्ष्याएको गुजरातले १९.१ ओभरमा सात विकेट गुमाउँदै जित हात पार्यो। राहुल तिबतियाको १८ बलमा ३६ रनको योगदानले गुजरातलाई जित हात पार्न सहज बनायो। यस्तै, शुभमन गिलले ३५ र साइ सुदर्सनले ३१ रन बनाए भने ऋद्धिमान साहा र अज्मतुल्लाह ओमरजाईले १३–१३ रनको योगदान दिए। बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने लियाम लिभिङस्टोनले दुई विकेट हात पारे।
मोहालीमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको पन्जाबले २० ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनाएको थियो। यसका लागि प्रभासिमरन सिंहले ३५ रन बनाए भने हरप्रित भ्रारले २९ रन जोडे।
यो जितसँगै गुजरातले आठ खेलमा आठ अंक जोडेको छ। समान खेलबाट चार अंक जोडेको पन्जाब अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
यस्तै, हिजो राति नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित हात पारेको छ। रोयल च्यालेन्ज बेंग्लोरलाई एक रनले हराउँदै कोलकाताले जित हात पारेको हो।
कोलकाताले दिएको २२३ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्रै बनाउन सकेको हो। जितसँगै दोस्रो स्थानमा रहेको कोलकाताले ७ खेलबाट १० अंक जोडेको छ। पराजित बेंग्लोर एक खेल बढी खेल्दै २ अंकसहित पुछारमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
