इन्टर मिलानले ५ खेलअगावै जित्यो सिरी ‘ए’को उपाधि

सोमबार राति मिलानोमा भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै पाँच खेलअघि नै लिग च्याम्पियन बन्न सफल भएको हो। 

काठमाडौँ– शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ। 

सोमबार राति मिलानोमा भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै पाँच खेलअघि नै लिग च्याम्पियन बन्न सफल भएको हो। 

इन्टरलाई उपाधि दिलाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे। मिलानका फिकायो तोमारीले एक गोल फर्काए।

यस सिजन उच्च लयमा रहेको इन्टरले ३३ खेलमा २७ जित, ५ बराबरी र १ हारसहित ८६ अंक बनाएको छ। 

पाँच खेल बाँकी रहँदा समान खेलबाट मिलानको २१ जितसहित ६९ अंक रहेको छ।