धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति उपमहानगरपालिकाले विरोध जनाएको हो।
जनकपुरधाम– धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भंग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्णयप्रति जनकपुरधाम उपमहानगरपालिकाले विरोध जनाएको छ।
उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गरी राखेपले जनकपुरधाम–१४ मा रंगशाला निर्माण गर्ने भनी गुठी संस्थानसँग गरिएको जग्गा बहाल सम्झौता एकपक्षीय ढङ्गले भंग गर्ने निर्णय गरेको भन्दै विरोध जनाएको हो। रंगशाला निर्माणमा प्रतिबद्ध रहेकै बेला उपमहानगरपालिका र नगरप्रमुखलाई जोडेर जानाजान रंगशालाको जग्गा भाडा सम्झौता भंग गरिएको भ्रामक प्रचारप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
“रंगशाला निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाको लाखौँ रकम लगानी भई प्रचारका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिसकेका छौँ। राखेपले उपमहानगरपालिकालाई कुनै जानकारी नदिई एकपक्षीय तरिकाले भाडा सम्झौता भंग गर्नु अत्यन्त गलत छ,” विज्ञप्तिमा भनिएको छ।
रंगशाला निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाको विशेष चासो रहेकाले राखेपले गुठी संस्थानसँगको सम्झौता भंग गरे पनि सोही जग्गामा रंगशाला निर्माण गरिछाड्ने र त्यसका लागि तीनै तहका सरकारसँग समन्वय गरी दीगो व्यवस्थापनमा जोड दिइने पनि उपमहानगरपालिकाको प्रतिबद्धता छ।
त्यसैगरी खेलकुद परिषद्ले आर्थिक अभावलगायत कारण देखाएर सम्झौता भंग गर्ने प्रक्रिया अगाडि बढाएकामा यस कार्यमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख तथा अन्य कुनै पदाधिकरीको संलग्नता नरहेको उपमहानगरपालिकाले जनाएको छ।
“राखेपको निर्णयमा उपमहानगरका प्रमुख र अन्य कुनै पनि पदाधिकारीको संलग्नता छैन। त्यसैले उपमहानगरलाई दोषारोपण गरी चरित्र हत्या गर्न सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आग्रह गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।
राखेपले विभिन्न कारण जनाई केही दिनअघि मात्रै जग्गा बहाल सम्झौता भंग गर्न चाहेको भन्दै गुठी संस्थान केन्द्रीय कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
