आईपीएलको जारी सिजनमा यसअघि बैंगलुरुले पन्जाब किङ्सलाई ४ विकेटले हराएको थियो। अरू ७ खेलमा पराजय बेहोरेको टोली तालिकाको पुछारमा छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित दर्ता गरेको छ।
बिहीबार घरेलु टोली सनराइजर्स हैदराबादलाई ३५ रनले हराएको हो। यसअघि बैंगलुरुले पन्जाब किङ्सलाई ४ विकेटले हराएको थियो। सिजनका अरू ७ खेलमा पराजय बेहोरेको टोली तालिकाको पुछारमा छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा २०७ रनको लक्ष्य पछ्याएको हैदराबदले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सक्यो। टोलीका लागि सहवाज अमेदले सर्वाधिक ४० रनको योगदान दिए। अभिषेक शर्मा र प्याट कुमिन्सले समान ३१–३१ रन बनाए।
बैंगलुरुका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामेरुन ग्रिनले समान २–२ तथा विल ज्याक्स र याश दयालले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बैंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।
बैंगलुरुका विराट कोहलीले ५१ तथा रजत पाटिदार ५० रनको अर्धशतकीय इनिङ्स खेले। क्यामरोन ग्रिनले ३७ तथा फाफ डु प्लिसिसले २५ रन जोडे । हैदराबादका जयदेवले ३, टि नटराजनले २ तथा प्याट कुमिन्स र मयंक मार्कण्डेले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
