नेता तथा विभिन्न व्यक्तिका नाममा आयोजना हुने प्रतियोगितामा बर्सेनि डेढ करोडभन्दा बढी खर्च हुने गरेको थियो। यस वर्ष भने उक्त बजेट कटौती गर्न लागिएको खेलकुद मन्त्रालयले जनाएको छ।
काठमाडौँ– आगामी आर्थिक वर्षको बजेटमा नेताका नाममा हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ ।
२०८१/८२ का लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड विनियोजन गर्ने गरी योजना पेस गर्न भनिएको छ। चालु आर्थिक वर्षमा खेलकुद मन्त्रालयमा २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो।
उक्त मन्त्रालयको करिब ८० प्रतिशत राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत खर्च हुने भएकाले अहिले राखेपले योजना बनाइरहेको छ। खेलकुदमन्त्री अध्यक्ष रहने राखेपले आगामी वर्ष नेताका नाममा आयोजना हुने प्रतियोगिताका लागि बजेट नदिने नीति लिएको खेलकुदमन्त्रीको स्वकीय सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
गत वर्ष मदन भण्डारी स्मृति खेलकुद प्रतियोगिता सञ्चालन गर्न मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ५० लाख, गणेशमान सिंह स्मृति राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सञ्चालन अनुदान ५० लाख, साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता ७ लाख, गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताका लागि ७ लाख, प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिताका लागि १५ लाख, रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजनाका लागि १० लाख बजेट विनियोजन गरेको थियो।
यसरी नेता तथा विभिन्न व्यक्तिका नाममा प्रतियोगिता आयोजना हुँदा झन्डै डेढ करोडभन्दा माथि खर्च हुने गरेको थियो।
खेलकुद मन्त्रालयले शुक्रबारसम्म सबै योजनालाई अन्तिम रूप दिएर अर्थ मन्त्रालयमा पठाउने छ। खेलकुदमन्त्रीका स्वकीय सचिव ज्ञवालीले काठमाडौँ उपत्यका भन्दा पनि मोफसललाई केन्द्रमा राखेर बजेट बनाइरहेको बताए। “हामीले यस पटक ई–स्पोर्टस, युवालाई फेलोसिप दिनेदेखि पूर्वाधार निर्माणमा केन्द्रित हुन्छौँ,” उनले भने।
मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले नेताको नाममा हुने खेलकुद प्रतियोगिताका लागि बजेट कटाउनु दुर्भाग्यपूर्ण रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
