अर्थसचिव मधुकुमार मरासिनी र स्वास्थ्यसचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरे।
काठमाडौँ– नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
अर्थसचिव मधुकुमार मरासिनी र स्वास्थ्यसचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरे ।
विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा शुरू गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।
सम्झौताअनुसार चीनले बीपी कोइराला मेमोरियल क्यान्स अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ। त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्ममा चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ।
कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
