दिउँसो, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जसका कारण कोशी र सुदूरपश्चिममा आंशिकदेखी साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशीका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। लुम्बिनी, मधेश र कोशीका थोरै स्थानमा राति पनि हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
