कोलकाताको घरेलु मैदानमा भएको खेलमा पन्जाबले २६२ रनको लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बल अगावै पूरा गर्यो।
काठमाडौँ– जोनी बेयरस्टोको शतकको मद्दतमा पन्जाब किंग्सले टी२० इतिहासकै सर्वाधिक ठूलो लक्ष्य चेस गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य पूरा गर्दै पन्जाबले ८ विकेटको विश्व कीर्तिमानी जित हात पारेको हो।
पन्जाबले ८ बल बाँकी छदै उक्त लक्ष्य पूरा गरेको हो। यसअघि टी२० मा गत वर्ष दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध २५९ रन चेस गरेको थियो।
घरेलु टोली कोलकाताले दिएको २६२ रनको लक्ष्य पछ्याएको पन्जाबका बेयरस्टोले नटआउट १०८ रन बनाए। उनले ४८ बलमा ९ छक्का र ८ चौका हाने।
शशांक शिंहले २८ बलमा ८ छक्का र २ चौकाको मद्दतमा नटआउट ६८ रन बनाए। प्रभसिमरन सिंहले २० बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५४ रनको योगदान दिए।

त्यसअघि इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा २६१ रन जोडेको थियो।
कोलकाताका फिल साल्टले साल्टले ३७ बलमा ७५ तथा सुनिल नारिनले ३२ बलमा ७१ रनको योगदान दिए।
जितसँगै पन्जाब ९ खेलमा ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ। १० अंकसहित कोलकाता दोस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
