वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको लक्ष्य

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र रोहित पौडेलले समान १–१ विकेट लिए।

काठमाडौँ– वेस्टइन्डिज ‘ए’ले पाँच खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो। 

वेस्टइन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। अलिक अथान्जेले ४७ तथा केसी कार्टिले ३८ तरनको योगदान दिए। 

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र रोहित पौडेलले समान १–१ विकेट लिए।