कप्तान रोहित पौडेलको शतकप्रेरित नेपालले पाँच खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको छ।
काठमाडौँ– कप्तान रोहित पौडेलको शतकप्रेरित नेपालले पाँच खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ‘ए’लाई पराजित गरेको छ। शनिबार भएको खेलमा नेपालले वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो।
वेस्टइन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय इनिङ्स खेल्ने क्रममा ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ११२ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १ चौका र १ छक्काको मद्दतमा २४ रन बनाउँदा कुशल मल्ल र कुशल भुर्तेलले समान १६/१६ रन बनाए।
बलिङतर्फ वेस्टइन्डिज ‘ए’का म्याथ्यू फोर्ड र ओबेद म्याकोयले समान २/२ विकेट लिँदा कीमो पउलले १ विकेट लिएर।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो।
वेस्टइन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। अलिक अथान्जेले ४७ तथा केसी कार्टिले ३८ तरनको योगदान दिए।
नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र रोहित पौडेलले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
