वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो। 

काठमाडौँ– वेस्टइन्डिज ‘ए’ले दोस्रो टी२० खेलमा नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाहुना टोलीका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। गुडाकेश मोती ३३ रनमा नटआउट रहे। कप्तान रोस्टन चेजले २३ रनको योगदान दिए। 

नेपालका सागर ढकाल र कुशल भुर्तेलले २–२ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान १–१ विकेट लिए।