पाँच खेलको टी२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल वेस्टइन्डिज ‘ए’सँग १० रनले पराजित भएको छ।
काठमाडौँ– वेस्टइन्डिज ‘ए’ले पाँच खेलको टी२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई पराजित गरेको छ।
आइतबार सम्पन्न खेलमा वेस्टइन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको हो। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको थियो।
आइतबार वेस्टइन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दै ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए। सोक्रममा उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै, गुल्सन झाले २६ रन, लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्।
बलिङतर्फ वेस्टइन्डिज ‘ए’का ओबेड म्याकोय र गुडाकेश मोतीले २/२ विकेट लिँदा ओशान थोमस र रोस्टन चेसले १/१ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो।
उसका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। गुडाकेश मोती ३३ रनमा नटआउट रहे। कप्तान रोस्टन चेजले २३ रनको योगदान दिए।
बलिङतर्फ नेपालका सागर ढकाल र कुशल भुर्तेलले २–२ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
