कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेल्दै डेरिल मिचेलसँग शतकीय साझेदारी गरेपछि चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो।
चेन्नई सुपर किंग्स (सीएसके)ले घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा उत्कृष्ट प्रदर्शन गर्दै सनराइजर्स हैदरावाद (एसआरएच)लाई ७८ रनले पराजित गरेको छ।
आइतबार राति भएको खेलमा चेन्नईका कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेल्दै डेरिल मिचेलसँग शतकीय साझेदारी गरेपछि चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो। जवाफमा फास्ट बलर तुषार देशपाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएपछि हैदरावादको इनिङ्स १८.५ ओभरमा १३४ रनमा समेटियो। हैदरावादका लागि एडेन मार्करामले २६ बलमा ३२ रन बनाएका थिए।
लक्ष्य पछ्याउन थालेको हैदरावादको शुरूआत निकै खराब रह्यो। ४० रनमा तीन विकेट गुमाएको थियो। तीनवटै विकेट तुषार देशपाण्डेले लिएका थिए। यस खेलमा तुषारले आफ्नो बलिङमा उत्कृष्ट प्रदर्शन गरे र हैदरावादका ब्याट्सम्यानलाई खुल्ने मौका दिएनन्। उनी यो सिजन पहिलो ६ ओभरमा तीन विकेट लिने तेस्रो बलर बनेका छन्। तुषारभन्दा अगाडि राजस्थान रोयल्सका ट्रेन्ट बोल्ट र सन्दीप वारियरले पनि यस्तो गरेका थिए।
हैदरावादका एडेन मार्कराम बाहेक उनका अन्य कुनै पनि ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन्। हैदरावादको ब्याटिङ यति खराब रह्यो कि टोलीका पाँच ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् र टोलीले पूरा २० ओभर पनि खेल्न सकेन र अलआउट भयो। यसरी हैदरावादले आईपीएल इतिहासमा रनको हिसाबले सबैभन्दा ठूलो हार बेहोरेको छ। यसअघि सन् २०१३ मा चेन्नईसँग ७७ रनले पराजित भएको थियो जुन उसको सबैभन्दा ठूलो हार थियो।
हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। तीव्र गतिका बलर भुवनेश्वर कुमारले ओपनर अजिंक्य रहाणेलाई आउट गर्दै चेन्नईलाई शुरूआती झट्का भने दिएका थिए। रहाणे १२ बलमा ९ रन बनाएर आउट भए।
रहाणे सस्तैमा आउट भएपछि ऋतुराज र डेरिल मिचेलले उत्कृष्ट ब्याटिङ गर्दै दोस्रो विकेटका लागि १०७ रनको शतकीय साझेदारी गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
गायकवाडले यो सिजनको तेस्रो अर्धशतक बनाए, जबकि डेरिल पनि पछि परेनन् र आफ्नो अर्धशतक पूरा गर्न सफल भए। हैदरावादका जयदेव उनाडकटले डेरिल मिचेललाई आउट गरेर यो साझेदारी अन्त्य गरे। मिचेलले ३२ बलमा ५२ रनको पारीमा सात चौका र एक छक्का प्रहार गरे।
त्यसपछि शिवम दुबेले गायकवाडलाई राम्रो साथ दिए। गायकवाडले अर्को छेउबाट आक्रामक पारी जारी राखे र लगातार दोस्रो शतक बनाउने नजिक पुगेका थिए। तर, टी. नटराजनले अन्तिम ओभरको दोस्रो बलमा गायकवाडलाई आउट गरेर शतक बनाउनबाट रोकेका थिए। गायकवाडले आफ्नो पारीमा ५४ बलमा १० चौका र तीन छक्का प्रहार गरे। त्यसपछि धोनी मैदानमा आए।
शिवम दुबेले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा एक चौका र चार छक्काको मद्दतले ३९ रन बनाए। धोनीले पनि दुई बलमा एक चौकाको मद्दतले पाँच रन बनाउँदै अविजित रहे।
चेन्नई सुपर किंग्सको टोलीले आफ्नो घरेलु मैदान चेपौकमा ५० औँ जित दर्ता गरेको छ। चेन्नई आईपीएलमा कुनै एक स्थानमा ५० भन्दा बढी खेल जित्ने तेस्रो टोली बनेको छ। यसअघि मुम्बई र कोलकाता नाइट राइडर्स (केकेआर) को टोलीले पनि आफ्नो घरेलु मैदानमा ५० भन्दा बढी जित दर्ता गरिसकेका छन्।
हैदरावादमाथिको जितसँगै चेन्नईले अंक तालिकामा तीन स्थानको ठूलो फड्को मारेको छ। चेन्नई पाँच खेल जितेर १० अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने हैदरावादको टोली लगातार दुई हारका साथ चौथो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
