वेस्टइन्डिज ‘ए’ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्ने

यस खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिइएको छ। उनको अनुपस्थितिमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।

काठमाडौँ– वेस्टइन्डिज ‘ए’विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिला फल्डिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ‘ए’का कप्तान रोश्टन चेशले जितेर ब्याटिङ रोजेका हुन्। 

यस खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिइएको छ। उनको अनुपस्थितिमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। 

नेपालको टोलीमा लोकेश बम, विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।