वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

वेस्टइन्डिजका ओपनर जोनसन चार्ल्स ११९ रनमा नटआउट रहे। उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरेका थिए।

काठमाडौँ– जोनसन चार्ल्सको शतकमा वेस्टइन्डिजले तेस्रो टी२० खेलमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो।

वेस्टइन्डिजका ओपनर जोनसन चार्ल्स ११९ रनमा नटआउट रहे। उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरेका थिए। आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए। 

नेपालका सागर ढकाल र करण केसीले समान १–१ विकेट लिए।