च्याम्पियन्स लिगको पहिलो लेगमा पीएसजीको हार

बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डसँग पीएसजी १–० ले पराजित भएको छ। 

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले हार बेहोरेको छ। 

बुधबार राति भएको खेलमा बोरुसिया डर्टमन्डसँग पीएसजी १–० ले पराजित भएको हो। 

जर्मनीको सिग्नल इडुना पार्कमा घरेलु टोलीका लागि एक मात्र गोला ३६औँ मिनेटमा निक्लास फुलक्रुगले गरे।

पहिलो हाफमा खराब प्रदर्शन गरेको पीएसजीले दोस्रो हाफमा बराबरी गोल फर्काउने थुप्रै अवसर गुमाएको थियो।

दोस्रो लेग आगामी बुधबार पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा हुनेछ।