वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो। 

काठमाडौँ– काठमाडौँमा जारी पाँच खेलको टी२० ‍सिरिजअन्तर्गत चौथो खेलमा वेस्टइन्डिजले नेपाललाई २१० रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो। 

वेस्टइन्डिज ‘ए’का आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ्स खेले। जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे। फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनमा नटआउट रहे।

नेपालका कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए। सिरिजमा नेपाल १–२ ले पछि छ।