सुदूरपश्चिमले गण्डकीलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा तेस्रो जित हात पारेको छ।
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ। सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा तेस्रो जित हात पारेको हो।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको २१४ रनको लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा १०० रन बनाउँदा अलआउट भयो। गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाए। कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पंगनीले १५ रन बनाए । सुदूरपश्चिमका लागि मिलन बोहोरा एक्लैले ६ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.३ ओभरमा अलआउट हुँदै २१३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुर्ग सिंहले ७१ बलमा ३७ रन बनाए। नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा सुनिल चन्द, हेमन्त धामी, गजेन्द्र बोहोराले समान १९/१९ रन बनाए।
दीपक बोहोराले ११ जोडे। गण्डकीका लागि कप्तान सुवास भण्डारीले ३ तथा सुदीप अर्याल, सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरी र शिशिर भुषालले समान १/१ विकेट लिए।
त्यस्तै, आज नै मूलपानी क्रिकेट मैदानमा भएको कर्णाली प्रदेश र मधेस प्रदेशबीचको खेलमा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ। पहिलो जित हात पार्ने क्रममा कर्णालीले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले १३६ रनको लक्ष्य ३४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। कर्णालीका लागि मोहन विकले अविजित ३८ रन तथा मनिस थापाले ३२ रन बनाए। अनिरुद्ध कवारले १६ रन जोड्दा सुवास ऐरले १४ रन बनाए। मधेसका लागि रञ्जित कुमारले ५ तथा अजित मण्डलले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेस प्रदेशले ४१.५ ओभरमा अलआउट हुँदै १ सय ३५ रन बनाएको थियो। मधेसका लागि शैलेन्द्र शाहले ३१ रन तथा मयन यादवले १८ रन जोडेका थिए। शरफज मन्सुरले अविजित १७ तथा मेघराज रामले १६ रन बनाए।
डब्लु मल्लिकले १५ रन बनाउँदा कर्णालीले अतिरिक्त २२ रन खर्चिएको थियो। कर्णालीका लागि युनिस सिंहले १० ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिए। मोहन विक र आवास शाहले समान २/२ विकेट लिए। तेस्रो खेलमा पहिलो जित हात पारेको कर्णाली २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ।
प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ। प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्नेछ भने उपविजेताले १ लाख नगद पाउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
