देशका अधिकांश स्थानको मौसम सफा रहने

दिउँसो, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली भई बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ।

बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।