सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन्।
रामेछाप– सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन्। नेपाली सेना, शिक्षक, सब–ओभरसियरको जागिर छाडेर स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ व्यवसाय थालेका उनीहरू पछिल्लो समय व्यवसाय सञ्चालन गर्न असमर्थ छन्।
रामेछाप नगरपालिका–८ बिटारमा स्थानीय रुद्र श्रेष्ठ, भरतकुमार श्रेष्ठ र विश्वास श्रेष्ठले मिलेर कुखुरापालन शुरू गरेका थिए। तीनै जनाले संयुक्त रूपमा सात करोड ५० लाख रुपैयाँको लगानीमा ‘नेसलन ब्लिडिङ प्रालि’ सञ्चालन गरेका थिए। बजारमा प्रतिस्पर्धा गर्न नसेपछि उनीहरू चिन्तामा छन्।
“उत्पादन भएका कुखुराका चल्ला बिक्री हुन छाडे,” उद्योग सञ्चालक भरतकुमार श्रेष्ठले भने। एक दशकअघि व्यवसाय शुरू गर्दा चल्लाले राम्रै बजार पाएको उनको अनुभव छ। त्यसपछि उत्साहित हुँदै लगानी थपेर पनि कोरोना महामारीपछि व्यवसाय खस्कँदै गएको श्रेष्ठ बताउँछन्।
“अहिले भारतबाट कर छली गरी ल्याइएका सस्तो मूल्यका चल्ला बिक्री भइरहेका छन्, यसले स्थानीय उत्पादन विक्री वितरण धराशायीमा परेको छ,” उनले भने।
व्यवसाय गर्न सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको, ब्याज बैंक तथा सहकारी संस्थालाई तिर्नुपर्दा हैरानी भएको अर्का सञ्चालक रुद्र श्रेष्ठले बताए। चल्ला व्यवसायी संघले प्रतिचल्लाको मूल्य ८५ रुपैयाँ कायम गरे पनि ६५ सम्ममा समेत बेच्नुपरेको उनको भनाइ छ।
चल्ला उत्पादन गर्न कम्तिमा २१ दिन लाग्छ। सबै खर्च कटाउँदा एउटा चल्ला उत्पादन गर्न ५० देखि ५५ रुपैयाँसम्म खर्च हुने गरेको श्रेष्ठले बताए। सरकारी निकायले सहयोग नगरेकाले आफूहरू यो व्यवसाय छाड्न बाध्य हुने अवस्था आएको उनको भनाइ छ।
मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले युवा उद्यमीलाई आफूले बैकहरूसँग समन्वय गरेर बिना धितो ऋण दिलाएको बताए। १७० युवा उद्यमीलाई तालिमसमेत दिएको तर त्यसको सदुपयोग खासै नभएको उनको भनाइ छ। उद्योगी र स्थानीय सरकारको साझेदारीमा अझै लगानी गर्न सकिने नगर प्रमुख श्रेष्ठ बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
