वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
काठमाडौँ– पाँच खेलको टी२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेस्टइन्डिज ‘ए’लाई ६ विकेटले पराजित गर्दै सान्त्वना जित हात पारेको छ। शनिबार टीयू क्रिकेट मैदानमा वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो।
पाँच खेलमध्ये तीन खेल जितेर वेस्टइन्डिज ‘ए’ले श्रङ्खलाको उपाधि आफ्नो पक्षमा परिसकेको छ। नेपालले पहिलो खेल र अन्तिम खेल मात्र जित्न सफल भएको हो।
शनिबार नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले। शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए। कुशल भुर्तेलले १३ रन बनाए भने कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरे। बलिङतर्फ वेस्टइन्डिज ‘ए’का लागि ओवेद म्याकेयले ३ विकेट लिए भने म्याथ्यु फोर्डले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो।
वेस्टइन्डिज ‘ए’का लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए। त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए।
बलिङ तर्फ नेपालका सोमपाल कामी र सागर ढकालले ३/३ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
