देशका केही स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ। लुम्बिनी र तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

यसैबीच राति, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागका हल्का वर्षा हुनेछ।

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। मधेश र कोशी प्रदेशसहित तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।