बार्सिलोनाको हारसँगै रियल मड्रिडलाई ला लिगा उपाधि

शनिबार राति बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएसँगै रियल ३६ पटक ला लिगा च्याम्पियन बनेको हो।

काठमाडौँ– बार्सिलोनाको हारसँगै रियल मड्रिडले जारी सिजन ला लिगाको उपाधिको जितेको छ। 

शनिबार राति बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएसँगै रियल ३६ पटक ला लिगा च्याम्पियन बनेको हो। शनिबार नै भएको खेलमा कार्लो एन्सेलोटीको टोलीले काजिडमाथि ३–० को जित हासिल गरेको थियो। 

रियलको ३४ खेलमा ८७ अंक रहेको छ। 

दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलमा ७४ अंक छ। बार्सिलोनाले ७३ अंकसहित तेस्रो स्थानमा झरेको छ। बार्सिलोनाले २७ पटक ला लिगाको उपाधि जितेको छ।

१४ पटकको युरोपियन च्याम्पियन्स लिग विजेता रियलले बुधबार बेर्नाबेउमा बायर्न म्युनिखसँग च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग खेल्नेछ, जुन एलियान्ज एरिनामा २–२ को बराबरीमा छ।