टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफमा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो।
काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल २०२४) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई ९८ रनले पराजित गरेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफमा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो। यो जितसँगै कोलकाता १६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। लखनउ भने पाँचौं स्थानमा पुगेको छ।
२३६ रनको लक्ष्य पछ्याएको लखनउको शुरूआत राम्रो हुन सकेन। टोलीका प्रभावशाली खेलाडी मानिएका अर्शिन कुलकर्णीलाई मिचेल स्टार्कले नौ रनमै आउट गरे। यस्तै, केएल राहुल २५ रन बनाएर फर्किए। मार्कस स्टोइनिस बाहेक यस खेलमा कुनै पनि ब्याट्सम्यानले राम्रो खेलेनन्। उनले चार चौका र दुई छक्का प्रहार गर्दै ३६ रनको इनिङ खेले। कोलकाता विरुद्ध दीपक हुड्डाले ५ रन, निकोलस पुरानले १०, आयशा बडोनीले १५, टर्नरले १६ रन, क्रुणाल पाण्डेले ५ रन, युधवीर सिंहले ७ रन र रवि बिश्नोईले २ रन बनाए। तर नवीन उल हक भने रन बनाउनै नपाई अविजित रहे। कोलकाताका लागि हर्षित राना र वरुण चक्रवर्तीले तीन/तीन विकेट लिए। यसबाहेक रसेलले दुई तथा मिचेल स्टार्क र सुनिल नारायणले एक/एक सफलता हात पारे।
त्यसअघि पहिला ब्याटिङमा उत्रेको कोलकाताले बलियो शुरूआत गरेको थियो। सुनिल नरेन र फिल साल्टबीच पहिलो विकेटका लागि ६१ रनको साझेदारी भएको थियो नरेनले ६ चौका र ७ छक्कासहित ८१ रनको बलियो इनिङ खेले।
यस्तै, आन्द्रे रसेलले १२ रन, अंगकृष्ण रघुवंशीले ३२ रनको इनिंस खेले। रिंकु सिंहले १६ रन, श्रेयस अय्यरले २३ रन, रमनदीप सिंहले २५ र भेंकटेश अय्यरले एक रन जोडे। रमनदीप र वेंकटेश अपराजित रहे। लखनउका नवीन उल हकले ३ विकेट लिए। यश ठाकुर, रवि बिश्नोई र युधवीर सिंहले एक/एक सफलता हात पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
