देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशीमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात समेत हुने महाशाखाले जनाएको छ।

यसैगरी, राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ।