पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

काठमाडौँ– देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक बदली  हुनेछ। पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ। साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि  छ।

राति पनि देशभर आंशिक बदली हुनेछ। कोशी, मधेश,  बागमती, गण्डकी र लुम्बिनीका केही स्थानका साथै बाँकी  प्रदेशका पहाडी भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, आगामी २४ घण्टामा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ। साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुनेछ। 

त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले  सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।