एक गोलले पछि परेको अवस्थामा ८१औँ मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि रियल उत्कृष्ट पुनरागमन गर्दै फाइनल पुगेको छ।
काठमाडौँ– अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति सान्टियागो बर्नबेउमा भएको दोस्रो लेगमा बायर्न म्युनिखलाई पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो।
खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै रियलले अन्तिम समयमा २ गोल फर्काएको थियो। रियलले समग्रमा ४–३ को नतिजासहित उपाधि भिडन्त तय तय गरेको हो। पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो।
८१औँ मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो ।
घरेलु टोलीविरुद्ध ६८औँ मिनेटमा अल्फोन्सो डेविसले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। ८८औँ मिनेटमा जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको पहिलो मिनेटमा जोसेलुले अर्को गोल गर्दै रियललाई फाइनल पुर्याए।
रियलले अब उपाधिका लागि जर्मन टोली बोरुसिया डर्टमन्डसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
