डढेलोका कारण १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाको मृत्युसमेत भएको छ।
मन्थली– रामेछापमा एक महिनामा १५५ स्थानमा लागेको डढेलोबाट चार हजार ५०० हेक्टर वन सखाप भएको छ। सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ।
उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन्। यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाको मृत्युसमेत भएको छ।
यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलगाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ। वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
