कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रेहेको छ। यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। केही स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षासमेत हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।