चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचक सकारात्मक देखिएका छन्। यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८०/८१ को नौ महिनाको तथ्यांक अनुसार विप्रेषण (रेमिट्यान्स) आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार ४२२ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार ७२१ रहेको छ।
राष्ट्र बैंकका अनुसार चैतमा वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो।
चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २२.६४, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५९ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ। घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.१० प्रतिशतले घटेको छ।
त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक बिन्दुगत मूल्यसूचकांक १२ दशमलव ८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ। यस्तै, यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ।
गत चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०६, तराईको ४.५८, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ।
चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
