मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन्।
गण्डकी– गलकोट नगरपालिका–१० पाण्डवखानीका विष्णु काउचामगर आठ वर्षदेखि च्याक्सी चलाइरहेका छन्। बागलुङको पश्चिम भेगमा ट्याक्सी गुडाउने उनले एक वर्षयता भने बिरामीलाई निःशुल्क सेवा दिइरहेका छन्।
मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन्।
करिब चार किमी दूरीको उक्त सडकखण्डमा एक दिन भए पनि निःशुल्क यात्रा गर्न पाउँदा बिरामी र उनीहरूका आफन्त खुशी छन्। भाडाको सवारीसाधनमा महँगो शुल्क तिरेर अस्पताल जानुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भएको छ। हरेक सोमबार बिहान ९ देखि दिउँसो ४ बजेसम्म निःशुल्क ट्याक्सी सेवा सञ्चालन गर्दै आएका छन्।
“नगर अस्पताल जाने बिरामी, उनीहरूका सहयोगी र भेट्न जाने आफन्तलाई निःशुल्क सेवा दिने गरेको छु,” उनले भने, “सरकारी अस्पतालप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढोस् भनेर मैले साताको एक दिन ट्याक्सी सेवालाई निःशुल्क बनाउने निर्णय गरेको हुँ।”
एक वर्षमा झन्डै चार हजार बिरामी र उनीहरूका आफन्तलाई निःशुल्क सेवा प्रदान गरेको मगरले बताए। “कोहीले धेरै पटक सेवा लिनुभएको हुनु सक्छ। अस्पताल ल्याउने र लैजाने गर्दा संख्यात्मक रूपमा झन्डै चार हजारलाई निःशुल्क सेवा दिएको मेरो आकलन छ,” मगरले भने, “यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छु।”
साताको ६ दिन कमाइ गर्ने र एक दिन सेवामा समर्पित हुने सोचअनुसार बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिइरहेको मगरको भनाइ छ। उनी आफैँ ट्याक्सी व्यवसायी र चालक हुन्। दिनमा कम्तीमा ४० देखि ८० जनासम्मलाई निःशुल्क सेवा दिएका छन्।
मगरले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको वर्ष दिन पुगेको छ। सो अवसरमा गलकोट नगरपालिका र अस्पताल व्यवस्थापन समितिले उनलाई सम्मान गरेको छ।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्मागरैले मानवीय सेवाप्रति मगरले देखाएको समर्पण भाव प्रशंसनीय रहेको बताए।
“उहाँको सेवाबाट सर्वसाधारण बिरामीलाई राहत मिलेको छ, उहाँको योगदान कदरयोग्य छ”, प्रमुख गैरेले भने, “सडक स्तरीय बनाउने काम भइरहेकाले अस्पतालसम्मको आउजाउ अझै सहज हुन्छ ।” स्वास्थ्य चौकीलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरेपछि सेवाको गुणस्तर थपिएको र अस्पतालप्रति जनविश्वास पनि बढेको उनको भनाइ छ।
यसअघि नगरपालिकाले स्थापना दिवसमा समाजसेवीका रूपमा पनि मगरलाई सम्मान गरेको थियो। नेपाल मगर संघ गलकोट नगर समितिद्वारा पनि सम्मानित भइसकेका छन्। “सम्मान र हौसलाले सामाजिक सेवाप्रति थप क्रियाशील हुने प्रेरणा मिलेको छ,” उनले भने, “बिरामीले प्रकट गर्ने सम्मानजनक व्यवहार र आर्शीवचनले त झनै मनमा खुशी मिल्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
