चेल्सीले ब्राइटनमाथि २-१ को जित हासिल गरेको छ। यस जितसँगै चेल्सी लिगको छैटौँ स्थानमा उक्लिएको छ।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई पराजित गरेको छ।
बिहीबार बिहान भएको खेलमा चेल्सीले २-१ को जित हासिल गरेको हो। यस जितसँगै चेल्सी लिगको छैटौँ स्थानमा उक्लिएको छ।
खेलको ३४औँ मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। जारी लिगमा पालमरको गोलसंख्या २२ पुगेको छ।
६४औँ मिनेटमा क्रिस्टोफर एनकुन्कुले अग्रता दोब्बर पारे। ८८औँ मिनेटमा चेल्सीका रिस जेम्स रातो कार्ड खाँदै बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो।
त्यसपछि ब्राइटनले १ गोल फर्कायो। इन्जुरी समयमा ड्यानी वेलबेकले ब्राईटनका लागि सान्त्वना गोल गरेका थिए।
जितसँगै चेल्सीको ३७ खेलमा ६० अंक भएको छ। समान खेल खेलेको ब्राईटन ४८ अंकसहित दशौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
