कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बागमतीलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो।
काठमाडौँ– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको खेलमा बागमतीलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो।
जितसँगै चार खेलमा ६ अंक जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो। बागमती समान खेलबाट दुई अंक जोड्दै प्रतियोगिताबाट बाहिरियो।
बागमतीका करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कन्चन श्रेष्ठले ७, विपिसा साहीले ४ तथा सोनी पाख्रिनले ३ रन जोडे।
बागमतीलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमकी ऋतु कनोजियाले ३ विकेट लिइन्। कविता जोशी र लक्ष्मी साउदले समान २/२ विकेट लिए। त्यस्तै कप्तान विन्दु रावल र करिश्मा थापाले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५७ रनको योगफल बनाइएको थियो।
सुदूरपश्चिमका सम्झना खड्काले सर्वाधिक ७४ रनको योगदान दिइन्। उनले ४७ बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान दिएकी हुन्। त्यस्तै, रुवी पोदार र विन्दु रावलले समान २८/२८ रन बनाए भने कविता जोशीले अविजित २० रन बनाएकी थिइन्।
बागमतीका लागि करिश्मा गुरुङले १ विकेट लिइन्। सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
