इंग्लिस फुटबलको १३६ वर्षको इतिहासमा लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्दै सिटीले कीर्तिमानी कायम गरेको छ।
काठमाडौँ– म्यानचेस्टर सिटीले सिजनको अन्तिम दिन वेस्ट ह्यामलाई ३–१ ले हराउँदै लगातार चौथो प्रिमियर लिग उपाधि जितेको छ। इंग्लिस फुटबलको १३६ वर्षको इतिहासमा कुनै पनि टोलीले लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्न सकेको थिएन। तर, आइतबार राति इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले उक्त दुर्लभ इतिहास बनाएको छ।
सिटीको यो १०औँ प्रिमियर लिग उपाधि हो। यसअघि सिटीले सन् २०२१ (८६ अंक), २०२२ (९३ अंक) र २०२३ (८९ अंक)मा उपाधि ‘ह्याट्रिक’ गरेको थियो। पुन: उपाधि जितेको सिटीले यसपटक ३८ खेलबाट ९१ अंक जोड्यो।
सिटीलाई उपाधि दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे। वेस्टह्यामका मोहम्मद कुदुसले गोल फर्काए पनि सिटीसँग जित हात पार्न सकेन।
खेलको दोस्रो मिनेटमै बर्नार्डो सिल्भाको पासमा फोडेनले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए। १८औँ मिनेटमा जेरेमी डोकुको पासमा फोडेनले नै गोल गर्दै सिटीको अग्रता २/० मा पुर्याए। तर, ४२औँ मिनेटमा कुदुसले गोल गरेर वेस्टह्यामलाई आशा जगाएको थियो।
५१औँ मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै सिटीलाई ३–१ को स्थितिमा पुर्याए। पुन: खेलको ८९औँ मिनेटमा थोमस सुसेकले गोल गर्दै वेस्टह्यामलाई ३–२ को स्थितिमा ल्याएका थिए। तर, भिडियो असिस्टेन रेफ्री (भीएआर)ले उक्त गोललाई मान्यता दिएन। भीएआरले गोल भएको बल सुसेकको हातमा लागेर गएको देखाएको थियो।
सन् १८८८ मा फुटबल लिगको पहिलो संस्करण शुरू भएदेखि पेप गार्डियोलाको टोली अहिले लगातार चार वटा शीर्ष उपाधि जित्ने पहिलो इंग्लिस टोली बनेको छ। यो सिजन लगातार दोस्रो वर्ष प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको आर्सनलका लागि थप निराशाको साथ समाप्त भएको छ।
सिजनको अन्तिम दिनसम्म पुगेको उपाधि दौडमा म्यान सिटीभन्दा आर्सनल दुई अंकले पछि परेको छ। आर्सनलले समान ३८ खेलबाट ८९ अंक जोडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
