पाथीभरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन्।
ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत सोमबार भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन्। श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गरेका थिए।
प्रथम भएका श्रेष्ठले एक लाख ५१ हजार १११ रुपैयाँसहित प्रमाणपत्र पाएका छन्। यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय भएका छन्। उनले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए। उनले एक लाख ११ हजार १११ सहित प्रमाणपत्र प्राप्त गरे। तृतीय भएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए। उनलाई ५१ हजार १११ सहित प्रमाणपत्र प्रदान गरिएको छ। पाथीभरा खुला म्याराथनमा ११४ जना सहभागी भएका थिए।
महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम भइन्। रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गरेकी थिइन्।
यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भइन्। मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो भइन्। महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ८१ हजार एक सय ११, रु ५१ हजार १११ र ३१ हजार १११ सहित प्रमाणपत्र प्राप्त गरेका छन्। महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी भएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
