बालेनविरुद्ध सुकुमबासीको नाराबाजी (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले बस्ती खाली गराउन थालेपछि सुकुमबासीहरू आन्दोलित भएका छन्। उनीहरूले मंगलबार महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन्।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूहरूको बास उठाउन लागेको भन्दै थापाथलीका सुकुमबासीहरूले प्रदर्शन गरेका छन्। 

उनीहरूले मंगलबार काठमाडौँ महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका हुन्। महानगर घेराउपछि थापाथलीमा जम्मा भएका सुकुमबासीहरूले मेयर शाहविरुद्ध नाराबाजीसमेत गरेका थिए।

महानगरको टोली सोमबार मात्रै सुकुमबासी बस्ती खाली गराउन थापाथली पुगेको थियो। सुकुमबासीहरूले महानगरको प्रतीकार गर्दै ढुंगा मुढा गरेका थिए।

तस्वीरः